काठमाडौं । राप्रपाले सञ्चालन गर्ने वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेको छ ।अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रवक्ता समेत रहेको शाहीलाई मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
उनकाअनुसार शाहीलाई आन्दोलन मूल समितिका संयोजक अध्यक्ष लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्नेछन् । आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी पनि शाहीलाई प्रदान गरिएको बताए ।