८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए



काठमाडौं । जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महिनामा सबैभन्दा धेरै पर्यटक आउने पहिलो स्थानमा भारत छ । भारतबाट जनवरीमा २४ हजार १३९ पर्यटक नेपाल आएका छन् ।

धेरै पर्यटक आउने दोस्रो मुलुक चीन छ । जनवरीमा चीनबाट सात हजार २६७ जना नेपाल आएको बोर्डले जनाएको छ ।

सबैभन्दा धेरै पर्यटक भित्रिने तेस्रो स्थानमा युनाइटेड स्टेट्स अफ अमेरिका रहेको छ । अमेरिकाबाट सात हजार ४७ नेपाल आएका छन् । थाइल्यान्डबाट चार हजार ६१९ जना पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : ०८ बजे