११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बाँसबारी जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा अरुण चौधरी र सञ्जय ठाकुर पक्राउ



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ। यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि हिरासतमा लिएको हो।

बाँसबारी छाला जुत्ता कारखानाको उक्त जग्गा सीजी चाँदबाग कम्पनीको नाममा ल्याएको आरोपमा ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यले ठाकुरलाई पनि जग्गा प्रकरणमा पक्राउ गरेको जानकारी दिएकी छन्।

थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको हो।

अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : २३ बजे