काठमाडौँ । चन्द्रागिरि नगरपालिको भराटेश्वर महादेव वडा नं ६ मा रहेको ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर संरचना निर्माण कार्यमा भारतले आर्थिक सहयोग गर्ने भएको छ । आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । चन्द्रागिरि नगरपालिकाका तर्फबट नगर प्रमुख घनश्याम गिरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र सापकोटा,,भारतीय राजदूतावास काठमाडौँका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशलले हस्ताक्षर गरेको सो सम्झौतामा पहिलो चरणमा भारतले नगरपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन चार करोड ३६ लाख नब्बेहजार तीनसय सन्तानब्बे हजार ० उपलब्ध गराउने जनाएको छ । मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाल लगायतका संरचना निर्माण गरिने सम्झौता पत्रमा उल्लेख छ।
उक्त सम्झौताले चन्द्रागिरि नगरपालिकाको धार्मिक पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बिश्वास गरिएको छ ।
१८ माघ २०८०, बिहिबार
266
Shares