८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रास्वपाको संसदीय दलको बैठक बिहान ११ बजे बस्दै



काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । स्थानीय सरोकारका बिषय, आगामी अधिबेशनमा संसदमा सांसदले उठाउनुपर्ने बिषय तथा नागरिक अधिकारका बिषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : १९ बजे