काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।
आज बसेको संसदीय दलको बैठकले अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिइएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्ने उनको भनाइ छ ।
बैठकले विधेयकहरू चाँडोभन्दा चाँडो संसद्मा पेस गर्न आग्रह गर्ने निर्णय गरेको छ । विचाराधीन विधेयक यसै अधिवेशनमा पारित गर्न सबै दलहरूमा आग्रह गर्ने निर्णय भएको लेखकले बताए ।
त्यस्तै आजको बैठकमा अरुणका चौधरीको पक्राउको बिषयले प्रवेश पाएको थियो । सांसद बिनोद चौधरीले राज्यले आतंक मच्चाएको भन्दै असन्तुष्ट पोखे ।
संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न आज संसदीय दलको बैठक बसेको थियो ।