२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको राजीनामा



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवारनै उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । चन्दले भने– ‘मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको बुझिएको छ ।
समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएक ा थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ५४ बजे