काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीलार्ई सेवा प्रवाह गर्न घुम्ती सेवाको सुरुवात गरेको नगरपालिकाले जनाएको छ । शुक्रबार नगरप्रमुख घनश्याम गिरीज्युले चन्द्रागिरि–१ दहचोककी कान्छी तामाङज्युलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरी एकीकृत घुम्ती शिविरको शुभारम्भ गरे । नगरप्रमुख गिरीले आगामी दिनमा सेवा प्रभाव प्रविधिमैत्री बनाउने बताए ।
घुम्ती शिविरबाट
स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण सेवाहरु उपलब्ध रहने नगरपालिकाले जनाएको छ । घुम्ती शिविर १५ वटै वडामा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।