२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

ओलीप्रति आक्रोशित बालेन–धरहराको पार्किङ ठेक्का लगाएर सरकारी सम्पत्तिमा रजाइँ गर्न दिन्नौ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् । आज सामाजिक संजालमा स्टाटस लेख्दै उनले उद्घाटन भएको करिब तीन वर्ष हुँदा पनि धरहराको निर्माण सम्पन्न नभएको भन्दै उनले निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यसलाई भ्रष्टाचारभित्रै राख्न प्रस्ताव गरेका हुन् । निमार्ण सम्पन्न नहुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्ष अगाडि धरहराको उद्घाटन गरेका थिए । तर यसको निर्माण कार्य हालसम्म पनि सकिएको छैन ।

धरहरको अन्डरग्राउन्ड पार्किङमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु’ भनि प्रत्र आएको मेयर बालेनले बताएका छन् । उनले लेखेको छन्,

“उद्घाटन गरेको दुई वर्ष नौ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो रु,” मेयर बालेन लेख्छन्, “पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।”

धरहराको पार्किङमा शुल्क उठाए सरकारी सम्पत्तिमा रजाइँ गर्ने मनासय देखिएको भन्दै उनी लेख्छन्, “अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाईं गर्ने मनसाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।”

उनको स्टाटस जस्ता त्यस्तै …

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ू सेतो टावर ू उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ूआज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ू ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ुधरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।ु
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो रु पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ुनबनेको भए म बिसौँ तलामा कसरी पुगेँु भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ३७ बजे