८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

संसद्‌मा जनताका पक्षमा दरिलो भूमिका खेल्नुहोस् :प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जनताका पक्षमा दरिलो भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उनले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्‌मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

“तपाईंहरू राम्रो तयारीका साथ संसद्‌मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोसिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।”

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : २४ बजे