३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

ग्लोबल आइएमई बैंकको नँया योजना, दराजमा १५ प्रतिशत छुट



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा (ख्क्ष्क्ब्) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद मुल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिशि्चतता प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ४३ बजे