१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

नेप्से ९ अंकले बढ्यो



काठमाडौँ । नेप्से ९ अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ९।४४ अङ्कले बढेर दुई हजार ८५।७१ बिन्दुमा कायम भएको छ।

आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय रुपैयाँबराबरको कारोबार भएको छ।

व्यापार समूहको उपसूचक ०।५४ र अन्य समूहको उपसूचक ०।५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा १।०७ प्रतिशतको वृद्धि देखिएको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९।९ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : २२ बजे