काठमाडौं । ६० किलो सुन प्रकरणमा फरार रहेकी प्रतिवादी अमला रोका विरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ। रोका विरूद्ध फेब्रुअरी ५ तारिखमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनी विरूद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो । सिआइबीको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको सिआइबीले जनाएको छ । उनी काठमाडौंको ठमेलस्थित भियना होटल सञ्चालक समेत हुन् । उनका श्रीमान बेल्जियन नागरिक दावा छिरिङ यतिबेला प्रहरीको हिरासतमा छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो ।
२४ माघ २०८०, बुधबार
0
Shares