७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

बेथितिको मूल जरो सरकार भएको सांसद सिंहको आरोप



काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बेथितिको मूल जरो नै सरकार रहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकार र सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशका तमाम सार्वजनिक तथा सरकारी सम्पत्ति लुटिएको आरोप लगाएका छन् । बाँसबारी छाला जुत्ता कारखाना त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाइ छ । त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गरे पनि दुई घन्टामै प्रधानमन्त्रीदेखि सत्ता गठबन्धनका दलहरूले तारान्तार प्रहरीलाई फोन गरेर छुटाउन दबाव दिएको उनको दाबी छ । स्वतन्त्र सांसद सिंहल भने–“किनकी हामी त्यही व्यापारीको पैसा खाएर बँचिरहेका छौं । हामी त्यही देश बेचेर पार्टी चलाइरहेका छौं ।’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : १९ बजे