८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

संघीयता घाँडो भयो : अध्यक्ष केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूका लागि नै प्रदेश घाँडो भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले जनमोर्चाले सुरूदेखि नै प्रदेश संरचना आवश्यक नरहेको बताउँदै आएको र अहिले संघीयता बोक्नेहरूका लागि पनि घाँडो भएको बताएका हुन् । अध्यक्ष केसीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तह मात्रै भए पनि पुग्ने बताए । “संघ भएपछि प्रदेश किन चाहियो । राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ । प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई पनि अहिले प्रदेश घाँडो भाछ।’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : २८ बजे