२४ पुस २०८१, बुधबार | Thu Jan 9 2025

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो छ :डा महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो प्राप्त भइरहेको बताएका छन् ।

लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेको डा महतले
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो प्राप्त भइरहेकाले बताए ।आज बसेको लगानी सम्मेलन निर्देशक समितिको बैैठकमा
गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन समेत दिए ।
बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएका नीति, कानुन तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाका सम्बन्धमा छलफल भएको थियो ।

“लगानी आकर्षण गर्न सम्मेलन हाम्रा लागि अवसर हो । विदेशी तथा नेपाली लगानीकर्ता एवं गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारका लागि सरकार सधै तयार छ”, उनले भने, “लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने लगानी सम्मेलनको प्रमुख उद्देश्य हो ।”

बैठकमा मन्त्री डा महतले आगामी जुन महिनामा विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्थाले ९आइडी० को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : ४५ बजे