२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

दोलखामा फेला पर्‍यो १३ वर्षिया श्रेष्ठको कंकाल



काठमाडौं । दोलखामा मानव कंकाल फेला परेको छ । गौरिशंकर गाउँपालिका ७ मार्बुस्थित घटे खोलामा १३ वर्षीया आयुषा श्रेष्ठको कंकाल फेला परेको हो ।

मार्बुका रामकृष्ण श्रेष्ठको छोरी आयुषा सात महिना अगाडि वर्षाको समयमा हराएको प्रहरीले जनाएको छ । मृतकको परिवारले उक्त कंकाल पहिचान गरी बुझी लगेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ११ बजे