काठमाडौँ । चालू आवको ६ महिना अर्थात पुस मसान्तसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ७३ करोड नाफा गरेका छन्।
गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ३३ अर्ब ७५ करोड नाफा गरेका थिए। गत वर्षको सोही अवधिको तुलनामा ब्याज आम्दानी घटे पनि वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ।
पुस मसान्तससम्ममा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ९ अर्ब २ करोड ब्याज आम्दानी गरेको छ। यस्तै नबिल बैंकको ८ अर्ब १ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ अर्ब ६४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ।
कुन बैंकको ब्याज आम्दानी ?
नेपाल बैंकले पुस मसान्सम्म ४ अर्ब ६३ करोड ब्याज आम्दानी गरेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ७२ करोड, नबिल बैंकले ८ अर्ब १ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ५४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६३ करोड, हिमालयन बैंकले ५ अर्ब ८२ करोड र नेपाल एसबीआई बैंकले २ अर्ब ६८ करोड ब्याज आम्दानी गरेको छ।
त्यसैगरी, एभरेष्ट बैंकले ३ अर्ब ६३ करोड, एनआईसी एसिया बैंकले ५ अर्ब २१ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब ६३ करोड, कुमारी बैंकले ५ अर्ब ९८ करोड, लक्ष्मी सनराइज बैंकले ५ अर्ब ६५ करोड, सिद्धार्थ बैंकले ४ अर्ब १२ करोड र कृषि विकास बैंकले ४ अर्ब ७० करोड ब्याज आम्दानी गरेको छ।
साथै, ग्लोबल आइएमई बैंकले ९ अर्ब २ करोड, ब्याज आम्दानी गरेको छ।