२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

गार्गी गुरुकुलको लागि राज्यले ध्यान दिनुपर्छ : राष्ट्रपति रामचन्द्र पौडेल



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कन्याहरुलाई वैदिक शिक्षा दिने गुरुकुलहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आजदेखि शुरु भएको गार्गीकन्या गुरुकुलको सहयोगार्थ महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदिक शिक्षा हराउदै गएको अवस्थामा कन्या केन्द्रित गुरुकुलको संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताउनुभयो । उहाँले गार्गीकन्या गुरुकुलले कन्याहरुलाई वैदिक शिक्षा दिने प्रवन्ध गर्नु राम्रो बिषय रहेको भन्दै मौलिक संस्कार र संस्कृती संरक्षणमा योगदान रहने बिश्वास समेत गर्नुभयो । उहाँले भन्नुभयो,
‘गुरुकुल एउटा वैज्ञानिक ब्यवहारिक शिक्षा पद्धति हो । यसबाट शिक्षित जनशक्तिले आफ्नो मौलिक माटोेमा मौलिक संस्कार र संस्कृती र सह अस्तित्व र स्वाभिमानको संरक्षणमा योगदान दिन सक्छ । नेपालमा पहिलो समावेशी बालिका गुरुकुल गार्गीले नारीलाई अझ शिक्षित र शशक्त बनाउन भुमिका खेल्नेछ । नानीहरुलाई देशमा रहेको गुरुकुलमा महिलाहरुलाई वैदिक शिक्षा दिने ब्यवस्था हुन नसकेको अवस्थामा कन्याहरुलाई गार्गीले गुरुकुलमा वैदिक शिक्षा दिने प्रवन्ध गर्नु राम्रो बिषय हो । यस गुरुकुलको लागि राज्यले ध्यान दिओस् ।’ पशुपति क्षेत्रको वनकाली स्थित सुमार्गी भवनमा आजदेखी शुरु भएको महायज्ञनौ दिन सम्म चल्नेछ । निशुल्क आवासिय सुविधासहित ८० कन्या अध्ययनरत गार्गी कन्या गुरुकुलले शैक्षिक ब्यवस्थापनमा समस्यामा रहेको भन्दै महायज्ञको आयोजना गरेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ११ : ०२ बजे