८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक ९एसपी०हरूलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् । उनले शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन पनि दिएका छन् ।

यही फागुन १ गते २२ जिल्ला प्रहरी कार्यालय, सात प्रहरी गण, चार ट्राफिक प्रहरी कार्यालय र एक अन्य गरी ३४ एसपीलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो ।
बिहीबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको उपस्थितिमा शुभकामना र निर्देशन दिइएको हो । गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खटिन आग्रह गरे ।

उनले अब सरुवा, बढुवा वा नियुक्तिमा ‘सोर्सफोर्स’ र बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने बताए । प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताहरूका ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : १५ बजे