८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

नेप्सेमा दोहोरो अंकको गिरावट ,३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ



काठमाडौं । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४।४६ अंकले पुनः घटेर २०६२।०३ अंकमा झरेको हो ।

आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ अंकले वृद्धि नेप्से वृद्धि हुँदा ४ अर्ब ११ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । म्यानु एण्ड प्रो उपसूचक बाहेक अन्य १२ वटा उपसूचक आज ऋणात्मक भएका छन् ।

यस दिन २४९ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६३ वटा कम्पनीको मूल्य घटेको छ भने ७९ वटाको मूल्य केही बढेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : ५३ बजे