८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मापदण्ड विपरीत पाइएपछि वीर अस्पताल बाहिरका दुई औषधि पसल सिल



काठमाडौं । वीर अस्पताल बाहिरका दुई औषधि पसल सिल गरिएको छ । बिहीबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा मापदण्डविपरीत पाइएपछि सिल गरिएको हो ।

अस्पतालबाहिरको उपकार सेवा फार्मेसी र सत्यम् फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महंगोमा औषधि बिक्री वितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गरिएको मन्त्रालयले जनाएको छ ।

अनुगमनका क्रममा वीर अस्पतालको औषधि पसलले अधिकांश औषधि किन्न बाहिरको फार्मेसीमा पठाउने गरेको खुलेको छ । अस्पतालभित्र रहेका दुई वटा औषधि पसलले अधिकांश औषधि नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएकाले स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए ।

अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधि स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्यमन्त्री बस्नेतले १५ दिनभित्र वीर अस्पतालभित्रको फार्मेसी विस्तार गरी सबै प्रकारका औषधि राख्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : ५२ बजे