६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

डिडिसीका महाप्रबन्धक सञ्जिव झामाथि आक्रमण, क्रान्तिकारी माओवादी संगठनका कार्यकर्ताले कार्यकक्षमै दले कालोमोसो



काठमाडौं । दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जिव झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ ।

शुक्रबार बिहान १० बजे महाप्रबन्धक झामाथि उनकै कार्यकक्ष पुगेका केही व्यक्तिले कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

उक्त समूहले महाप्रबन्धक झाले दूध बेचेको १७ करोड रूपैयाँ संस्थानमा दाखिला नगरी भ्रष्टाचार गरेको, किसानलाई दुधको रकम तिर्न आलटाल गरेको,व्यक्तिगत आर्थिक लाभका लागि काम गरेको लगायतका आरोप लगाउँदै मोसो दलेका हुन् ।महाप्रबन्धक झामाथि मोसो दल्नेमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट युवा संगठनका कार्यकर्ता रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : ०२ बजे