२५ पुस २०८१, बिहिबार | Fri Jan 10 2025

नारायणगढ–मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा



काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको छ । उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटिसकेको इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

उक्त सडकखण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भइसकेको छ । अब एउटा पुल बनाउन बाँकी रहेको उनले बताए ।

पहाड काट्नको लागि फागुन १२ गतेसम्म समय दिइएको छ । उक्त सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्षसम्ममा पुलको स्लायब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : २९ बजे