८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

गठबन्धन गर्ने कि नगर्ने तत्कालीन परिस्थितिमा भर पर्छ : देउवा



काठमाडौेँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने विषय तत्कालीन परिसि्थतिमा भर पर्ने बताएका छन् । सोमबार ललितपुरको गोदावारी सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले गठबन्धनको बिषय तत्काल निर्णय नगर्ने बताएका छन् । उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए ।

उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे । “अहिले हामी गठबन्धनको अभ्यासमा छौँ । गठबन्धन सरकार १० महिनाअघि मात्र बनेको हैन । प्रतिनिधिसभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,” उनले भने, “वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ । “

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : १८ बजे