८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेसको महासमिति बैठकको बन्दसत्र जारी



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा २ घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा बन्दसत्र सुरु भएको हो ।

बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेका छन् । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ४५ बजे