८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

भिसी नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको खोट देखियो : प्रदिप पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिप् प्रकि्रया सार्वजनिक गर्न माग गरेका छन् । नेता पौडेलले भिसी नियुक्ति खुला र पारदर्शी प्रतिस्पर्धाबाट गर्ने भनिएपनि प्रधानमन्त्रीले कर्मकाण्डी मात्र बनाएको आरोप लगाए । पौडेलले सामाजिक संजालमा सामाजिक लेखेका छन्,
त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्रीले गर्नुभएको बाचा पुरा भएन । खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइयो । भित्री नियतमा कुनै परिवर्तन देखिएन । नियुक्ति कसरी गरिएको हो ? त्यसको सम्पूर्ण प्रक्रिया का बारेमा आम नागरिकका सामु सार्वजनिक गरियोस् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १२ : ०६ बजे