काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा ६ वटा कार्यसूची तय छन् । अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणा मुख्य एजेण्डा रहनेछ । एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको छ । बैठक तिन दिनसम्म चल्नेछ ।
८ फाल्गुन २०८०, मंगलबार
0
Shares