ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकको आव दोस्रो दिन आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले एकल बहुमत सहित लोकपि्रय पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् । त्यसको लागी कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने अवस्थाको सुनिश्चित गर्ने बताए ।पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं, उनले प्रतिवेदन पेस गर्दै भने, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखु मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ । त्यस्तै उनले भष्टाचारमा शुन्य सहनशिलता अगाल्ने भन्दै जतिसुकै शकि्तमा भएतापनि त्यसको कारवाहीको लागि कांग्रेस प्रतिवद्ध हुने समेत बताए ।