१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

प्रतिपक्षीलाई कांग्रेस सांसद केसीको चेतावनी- संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नू



काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्।

बिहीवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रतिपक्ष दल रास्वा र एमालले संसद अवरोध गरेपछि उनले यस्तो चेतावनी दिएका हुन् । उनले संसदको काम कानून निर्माण गर्ने भएपनि १ बर्षमा एउटा मात्र कानुन निमार्ण हुनु दुखद् रहेको बताए ।

उनले भने, ‘ प्रतिपक्ष संसद चलाउने मुडमा छैन। पटकपटक अवरोध गर्ने मुडमा छ। मलाई लाग्दछ, संसदको काम भनेको कानुन निर्माण गर्ने हो। एक वर्षमा एउटा कानुन निर्माण भयो। आम जनतामा निरासा छ। म प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, विमती हुनसक्छ तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नूहोला।’

सांसद केसीले संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य भएको भन्दै तालिका अनुसार संसद चलाउन आग्रह गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ३६ बजे