काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको आज पनि वार्ता हुने भएको छ । आइतवार भएको वार्ता सोमबार थप छलफल गर्ने सहमतिसहित सकिएको छ । पहिलो दिन आइतवार आगामी छलफलमा पीडितका मागअन्तर्गत पर्ने सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता गराउने सहमति भएको थियो ।
गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफूहरूका माग राखेका थिए । सरकार र पीडितबीच भोलि बिहान ११ बजेदेखि पुनस् वार्ता हुने छ ।
पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने छन् ।
आजैमात्र पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।





