काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि कार्यविधि तयार भएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि तयार पारेको हो ।
सरकारले बोर्डको अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव डा। कृष्णहरि पुष्कर र व्यवस्थापन प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।
कार्यविधिअनुसार बोर्ड अध्यक्षका लागि तीन जनाको आवेदन परेमा पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत् राखी थप आवेदनका लागि सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गरिने छ ।