१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

आजदेखि नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै



काठमाडौं । सातौं नेपाल मेडिकल तथा ल्याब एक्सपो आजबाट सुरु हुने भएको छ। भृकुटीमण्डपमा संचालन हुने एक्सपोमा विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ।
एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौं नेपाल मेडिकल तथा ल्याब एक्सपो गर्न लागेको हो। एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिए। उनले एक्स्पोमा सबैभन्दा ठूलो बिटुबी मेडिकल,डाइग्नोस्टिक,ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुन लागेको बताए।

उनले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राखिने बताए ।

प्रदर्शनीमा अस्पतालहरूका प्रमुख, डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक , आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरिददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालले जानकारी दिए।

एक्सपो १९ गते शनिबारसम्म भृकुटीमण्डपमा संचालन हुने छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १० : ४० बजे