काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल गरिरहनुभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रचण्डको राजनीतिक एलाइन्स एमालेसँग मिल्ने संकेतपछि देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् । यता एमालेले भने आजै मन्त्रीमण्डल पुर्नगठन हुने दावी गरेको छ । एमालेका उपाध्यक्षले सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आज नँया सरकार वन्ने दावी गरेका हुन् ।