काठमाडौं । संघीय संसद्का दुवै सदनको आजका निम्ति निर्धारित बैठक बस्दै नबसी स्थगन गरिएको छ ।
आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २४ गते बिहान ११ बजे बस्ने तय गरिएको छ ।
राष्ट्रियसभाको बैठक पनि बस्दै नबसी स्थगन गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक फागुन २४ गते दिउँसो १ बजेर १७ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जानकारी गराएको छ । सत्ता गठवन्धनको फेरिने भएपछि वैठक स्थगित गरिएको बुझिएको छ ।