८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

प्रचण्डले गठबन्धन तोडे, हामी प्रतिपक्षमा रमाउछौँ : कांग्रेस



काठमाडौँ । संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस प्रतिपक्षमा वस्ने भएको छ । माओवादी–एमालेको नँया समिकरण बन्ने भएसगै कांग्रेस प्रतिपक्षमा बस्ने भएको हो ।

आज बिहान बसेको पदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेको लेखकले जानकारी गराए । अब आफूहरु प्रतिपक्षको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेको लेखकले जानकारी गराए । ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउँछौँ,’ उनले भने ।
यसैविच भोली नेपाली कांग्रेसको कार्यसम्पादन समितिको ब्रैठक बस्ने भएको छ । बदलिएको राजनीतिक परिस्थिती बारे निर्णय गर्न भोली तीन बजे बैठक बस्ने कांग्रसले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ०४ बजे