८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

गण्डकीमा माओवादी केन्द्रका मन्त्री बर्खास्त



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)तर्फका मन्त्रीलाई बर्खास्त गरेका छन् । । उनले यसलाई मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताए ।

“मैले मन्त्रिपरिषद् पुनर्गठन गरेको हुँ । उहाँहरू (माओवादीतर्फका मन्त्री)लाई हटाइएको हो,” उनले भने ।

मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो सहकार्य तोडेर नेकपा(एमाले)सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु यसको असर परेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ४६ बजे