२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

प्रचण्डलाई कांग्रेसको प्रश्न : तपाईले धोका दिएका दल एकै भए तपाई कहाँ पुग्नुहुन्छ ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काल्पनिक ,कपोकल्पित कुरा गरेर गठबन्धन भत्काएको आरोप लगाएका छन् ।

उनले कपोलकल्पित ढंगले तथाकथित र रचित कारण देखाएर राजनीतिक बेमान गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रचण्डले आपसी छलफल गरेर समाधान हुने खोज्ने भन्दा एक दुई मन्त्रीलाई आरोप लगाएर गठबन्धन भत्काएको बताए । आफू उम्कन कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक, दुई मन्त्रीको पोल्टामा आफ्नो कमजोरी फालेर प्रधानमन्त्री प्रचण्ड उम्किएको भनाइ उनको थियो ।

“कमसेकम आपसमा छलफल गरेर समाधान हुने विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्नुभयो । एक, दुई मन्त्रीको भागमा सबै कमजोरी फालेर आफू उम्कने प्रत्यन भयो त्यो आफैँमा अशोभनिय कार्य भयो,” उनले भने, “स–साना मुद्दा उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धन भत्काउने र अविश्वासनीय काम भयो । यो राजनीतिक बेइमानी हो । राजनीतिक रूपमा इमान भएन, त्यसैले बेइमान भयो । यो गठबन्धन भत्काउने काम मूल्य मान्यता र संस्कृति विपरीत भयो ।”
त्यस्तै लेखकले प्रधानमन्त्री पचण्डले पटक पटक एमाले र कांग्रेसलाई धोका दिएको आरोप लगाए । उनले भने , प्रधानमन्त्रीले १४ महिनामा ३ पटक गठबन्धन फर्ने, कहिले कुन पार्टीलाई धोका दिने कहिले कुन पार्टीलाई । अब यी धोको पाएको पार्टी एकै ठाउँमा उभिए तपाई कहाँ पुग्नु होला ुहेक्का राख्नुहोला । त्यस्तै उनले गठबन्धन भत्काउने भनेको जनमतको घोर अपमान भएको आरोप लगाए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : २५ बजे