५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु



कालीकोटमा। कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु भएको हो ।

विद्युतको सवस्टेशनबाट चाखा काल्ढुंगामा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । “गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो”, उनले भने, “दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको हो ।”

मृतक केशवराज थापा स्थानीय मंगालासैनी माध्यमिक विद्यालयको शिक्षक हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १ : ३८ बजे