काठमाडौँ । नेपाली कांग्रेसले सांसद दिपक खड्कालाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । १४ औँ महाधिवेशनबाट संखुवासभामा दोहोरिएर सभापति निर्वाचित भएका खड्का यसअघि बीचैमा उपसभापतिलाई कार्यवाहक दिएका थिए ।
उनी संखुवासभाबाट निर्वाचित सांसद समेत हुन् । खड्कालाई सभापति देउवाले विधानको नियम (५६) (२) बमोजिम आमन्त्रित केन्द्रीय सदस्य नियुक्त गरेको कांग्रेसले जनाएको छ ।