काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि दुईजनाको उमेदवारी दर्ता भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले आफ्नो उमेदवारी दिएका छन् । दाहाल पुष्पकमल दाहालका भाई हुन् । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी,समर्थकमा नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देबेन्द्र दाहाल र नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मोहम्मद खालिद रहेका छन् ।
यता नेपाली कांग्रेसले पनि राष्टिय सभाको अध्यक्षको पदको लागि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना र समर्थकमा किरणबाबु श्रेष्ठ,लोसपाका शेखर कुमार सिंह समर्थक रहेका छन् । अध्यक्ष पदको लागि भोलि निर्वाचन हुँदैछ ।





