१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

गैरकानुनी काम गर्नेलाई कारबाही गर्न आदेश नकुर्नुहोस्-गृहमन्त्री



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् । कसैको आदेश नकुरी ऐनानुसार कारबाही गर्न उनले नेपाल प्रहरीलाई अपिल गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले प्रहरीप्रति ‘अपिल’ जारी गर्दै गैरकानुनी र अपराधजन्य कुनै पनि कार्य गरेको ब्यक्तिलाई कारबाही गर्न आदेश नर्कुन समेत भनेका छन् । उनले लेखेका छन्,

“देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल स् देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, करछली गरेको छ, गुन्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन,” उनले फेसबुकमा लेखेका छन्, “ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल ९पार्टीवाला होइन, देशवाला० ११”

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ३८ बजे