७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

वाग्मती प्रदेशसभा बैठक बस्दै



मकवानपुर । वाग्मती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

यही फागुन १० गते बसेको प्रदेशसभा बैठकबाट सत्तापक्ष र प्रतिपक्ष दलबीचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्य र २०८०र८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरिएको थियो ।

११ सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष दलबीचको सहमतिलगायत विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको थियो ।

बैठकअघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकबाट प्रदेशसभाका अरू कार्यसूची तय गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ४१ बजे