५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

धरानबाट घोरेटार आउँदै गरेको जिप दुर्घटना, छ जनाको मृत्यु



भोजपुर। धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

को १ ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

जिप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले बताए। स्थानीयका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १ : २० बजे