काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री मुछिएको सहकारी काण्डमा कसले छानबिन गर्ने भनेर प्रश्न गरेको छन् । आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हन् ।
जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्ने उनले माग गरे । “पोखरा महानगरपालिकाको प्रतिवेदनले नै भन्छ– कसैको धितो छैन, तर पनि एक अर्ब झ्वाम १ यसरी छोड्ने भए यसरी सबैलाई छोड्नुपर्छ,” उनले भने, “धेरै लगानी गोरखा मिडिया नेटवर्कमा भएको छ । सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने रु”
प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा उनले जोड दिए । “यो संसद्, हामीलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीको जवाफ चाहिएको छ, रोस्ट्रममा हामीलाई चाहिएको छ,” उनले भने ।
सुन तस्करीकाण्डमा संसदीय समिति बनाउने भनेर तत्कालीन प्रतिपक्षी नेकपा (एमाले)ले राम्रो काम गरेको उनले उल्लेख गरे । एमालेले त्यति बेला लगाएको आरोप शक्तिशाली नेतालाई लुकाउने प्रपञ्चको विषय प्रमाणित भएको उनले जिकिर गरे ।
कृष्णबहादुर महरालाई प्रहरीले प्रकाउ गरेको विषयमा उनले सरकारलाई धन्यवाद पनि दिए । उनले जतिपनि प्रकरण छन्, त्यसमा सत्तापक्ष र विपक्ष नभनी सबैको निश्पक्ष छानबिन र दोषी भए कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने बताए । सहकारीकाण्ड फासफुस नहोस् भनी माग गरे ।





