काठमाडौँ । नेपाली कांग्रेसले आउँदो सदन बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ । आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ईश्वरी न्यौपानेले सहकारी प्रकरणको छानविनको लागि समिति नबनेर सदन चल्न नसके दोष सत्ता पक्षले लिनुपर्ने बताइन् । उनले भनिन्, “आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने हामीलाई होइन उहाँहरूलाई सदन चाहिएको रहेनछ भन्ने बुझ्नेछौँ ।” उनले बालकुमारी घटनामा उफ्री उफ्री समिति बनाउनुपर्छ भन्ने वर्तमान गहृमन्त्री लामिछाने आफ्नो विषयमा समिति बन्नुपर्छ भनेपछि किन डराएको भन्ने प्रश्न गरिन् । “छानबिन समिति गठन गर्न किन डराएको रु बालकुमारी घटनाको विषयमा उफ्री उफ्री कुदेको हैन, उहाँको विषयमा समिति गठन गर्नुपर्यो भन्दा किन भागेको रु उहाँ स्वर्गबाट आएको हो रु हामी मात्र यहाँको जन्मिएको उहाँ चाहिँ स्वर्गबाट आएको । यसले झन् शंका उब्जाएको छ,” उनले भनिन् । सांसद न्यौपानेले मंगलबार प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर दिएको जवाफमा समेत आपत्ति जनाइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको कुरामा आपत्ति जनाउँदै न्यायाधीश हो भन्दै उनले प्रश्न गरिन् । “हिजो प्रधानमन्त्री न्यायाधीश जस्तो बोल्नुभयो । उहाँ न्यायाधीश त हैन होला नि विगतमा आफ्नै पार्टीको गृहमन्त्री हुँदा दिएको निर्देशन काटेर बोल्न,” उनले भनिन् । त्यस्तै उनले गृहमन्त्री रवि लामिछानेले संसद बाहिर पत्रकारसँग नेपाली कांग्रेसले ४ बर्ष संसद अवरोध गरोस् भन्ने अभिब्यक्तिमा समेत आपत्ति जनाइन् ।
७ चैत्र २०८०, बुधबार
0
Shares