८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

इलाम २ उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनको लागि उम्मेद्वार टुगों लगाएको छ । आज बसेको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो ।

यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : २० बजे