८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

देशभर फागु पर्व हर्षोल्लासका साथ मनाइयो, वसन्तपुरमा छुट्टै रौनक



काठमाडौँ । फागु पूर्णिमा (होली) पर्व आइतबार देशभरका पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व वसन्तपुरमा हर्षोल्लासका साथ मनाइएको हो।

काठमाडौं उपत्यकामा बिशेष गरी बसन्तपुर र हनुमानढोका क्षेत्रमा फागु पूर्णिमाको ठूलो उत्सव छ । यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् ।

यस्तै, काठमाडौं उपत्यकाका ठाउँ(ठाउँमा कन्सर्ट आयोजना गरिएको छ । दरबार मार्ग क्षेत्रमा बिहानैदेखि कन्सर्ट चलिरहेको छ ।
केहीही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने पछिल्लो समय सभ्य बन्दै गएको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। तराइमा भने सोमबार र मंगलबार भोली पर्व मनाइनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : ४६ बजे