काठमाडौँ । राज्य व्यवस्था सुशासन समितिमा बाँसबारी छालाजुत्ता प्रकरणको बिषय उठेको छ । राप्रपाका सांसद बुद्धिमान तामाङले गृहमन्त्रालयले व्यक्तिको चरित्रहत्या गर्ने उद्धेश्यले उद्योगी व्यवसायीलाई पक्राउ गर्ने गरेको आरोप लागेको छ ।
समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै राप्रपाका सासंद बुद्धिमान तामाङले गृहप्रशासनले नागरिकमाथि गलत व्यवाहार गरेको आरोप लगाएका हुन् ।
बाँसबारी छालाजुत्ता प्रकरणमा राज्यले उद्योगपति विनोद चौधरी र सोही प्रकृतिको ललितानिवास जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलको छोरामाथि भएको व्यवाहार फरक रहेको भन्दै तमाङले त्यसको जवाफ गृहप्रशासनले दिनु पर्ने बताए । बाँसबारी छालाजुत्ता प्रकरणमा सिआइबीले उद्योगी बिनोद चौधरी माथि बयान लिइसकेको छ ।





