युक्त राष्ट्र सङ्घको सर्वोच्च अदालतले इजरायललाई गाजामा कुनै अवरोधविना राहत सामग्री र चिकित्सा सामग्री प्रवाह गर्न अनुमति दिन आदेश दिएको छ । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले इजरायलले अब ढिला नगरि गाजामा विना अवरोध सहायता उपलब्ध गराउन आदेश दिएको हो ।
गाजामा केही हप्ताभित्र भयावहरूपमा भोकमरीको सङ्कट आउने चेतावनीपछि यो आदेश आएको हो । तर इजरायलले राहत रोकेको आरोपलाई निराधार भनेको छ । यसअघि इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले सर्वोच्च अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो ।
दक्षिण अफ्रिकाले पनि गाजामा राहत सामग्री पुर्याउन अपिल गरेको छ ।